लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा
आइतबार, १३ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। उल्भ्सलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
मोलिनक्स स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुल २–१ ले विजयी भएको हो। जितसँगै लिभरपुलले ६ खेलबाट १५ अंक पुर्याएको छ।
जुन, डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको भन्दा एक अंक कम हो। वुल्भ्स भने रेलिगेसन क्षेत्रमा छ। डियोगो जोटा क्रसमा पहिलो हाफको इन्जुरी सयमा इब्राहिमा कोनाटेले लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए।
तर, ५६औं मिनेटमा रायन ऐत नौरीले गोल गर्दै खेल बराबरीमा ल्याए। ६१औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)