साफ यु–१७ को उपाधिका लागि भारत र बंगलादेश भिड्ने
आइतबार, १३ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। साफ यु–१७ च्याम्पियनसिपको उपाधिका लागि साबिक विजेता भारत र बंगलादेश भिड्ने भएका छन्।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई टाइब्रेकरमा ८–७ गोलले पराजित गर्दै बंगलादेश उपाधिनजिक पुगेको हो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो।
यस्तै, पहिलो खेलमा भने भारतले गत संस्करणको फाइनलिस्ट नेपाललाई ४–२ ले पाखा लगायो।
फाइनल भिडन्त सोमबार चाम्लिमिथाङ स्टेडियमा हुनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)