टोटनह्यामलाई सहज जित
शुक्रबार, ११ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। युरोपा लिगअन्तर्गत बिहीबार राति भएको खेलमा टोटनह्यामले रातो कार्ड खाँदै काराबागलाई ३–० गोलअन्तरले पराजित गरेको छ।
खेलको आठौं मिनेटमा डिफेन्डर राडु ड्रागुसिनले जुनिन्होलाई लडाएपछि मैदानबाट बाहिरिएका थिए। तर त्यसको चार मिनेटपछि नै टोटनह्यामले गोलको खाता खोलेको थियो।
ब्रेनन जोन्सनले टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका हन्। यो उनको तीन खेलमा तेस्रो गोल हो।
५२औं मिनेटमा डोमिनिक सोलान्केको पासमा पेपे सरले गोल गर्दै अग्रता दोब्बर पारे। ६८औं मिनेटमा डोमिनिकले अर्को गोल गर्दै ३–० को सहज जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)