चन्द्रपुरलाई हराउँदै वालिङ सुपर लिगमा
बिहिबार, १० आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। वालिङ नगरपालिका एन्फा महिला लिगको दोस्रो चरणमा प्रवेश गरेको छ। अन्तिम खेलमा चन्द्रपुर नगरपालिकालाई २-१ ले पराजित गर्दै सुपर लिगमा प्रवेश गरेको हो।
जितसँगै वालिङले ९ खेलबाट १५ अंक जोडेको छ। वालिङ अंक तालिकाको चौथो स्थानमा छ। चन्द्रपुरले भने समान खेलबाट सात अंकमा रहेर लिग सक्कायो। वालिङले खेलको पाँचौं मिनेटमै सुक्रिया मियाको गोलमार्फत सुरूआती अग्रता लिएको थियो।
३७औं मिनेटमा ज्याकिलिन नस्सालीले अग्रता दोब्बर बनायो। यद्यपि, दोस्रो हाफको पाँचौं मिनेटमा सुनिता सुनारले गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन्। तर, चन्द्रपुर सफल भएन।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)