मैदान उत्रिन तयार छैनन् नेयमार

काठमाडौं। साउदी अरेबियाली क्लब अल–हिलालका मुख्य प्रशिक्षक जर्ज जिससले नेयमार खेल्नका लागि तयार नभएको बताएका छन्।
सन् २०२३ को अगष्टमा रियाद टोलीमा ब्राजिलियन स्टार अनुबन्धित भएका थिए। अक्टोबरमा अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा बायाँ घुँडाको मेनिस्कस र एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) फुटेपछि शल्यक्रिया गरिएको थियो। त्यतिखेर उनले क्लबका लागि पाँच खेल मात्र खेलेका थिए।
३२ वर्षीय नेयमार जुलाईमा प्रशिक्षणमा फर्किएका थिए। त्यसैले उनले पुनरागमन गर्ने अनुमान गरिएको थियो। तर, प्रशिक्षक जिससले उनी खेल्न तयार नरहेको बताएका हुन्।
‘नेयमार अल–हिलाल र समग्रमा लिगका लागि महत्त्वपूर्ण खेलाडी हुन्,’ मे महिनामा अल–हिलाललाई १९औं लिग उपाधि दिलाएका जिससले भने, ‘उनी कहिले फर्कन्छन् भनेर मिति तोक्न सक्दिनँ। तर, हामी जनवरीसम्म हेर्नेछौं।’
नेयमारलाई साउदी प्रो–लिग (एसपीएल) सिजनको दोस्रो हाफका लागि जनवरीमा अल–हिलालले दर्ता गर्न सक्नेछन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)