वालिङलाई जित्नैपर्ने खेल

काठमाडौं। अन्तत: एन्फा महिला लिग निर्णायक चरणमा छ। यो यस्तो चरणको हो यहीबाट अगाडि को जान्छ र को अर्को वर्ष छनोट खेलेर आउँछ भन्ने टुङ्गो लाग्ने छ।
यस्तै निर्णायक मोडमा छ, वालिङ नगरपालिका। आठ खेलबट १२ अंक जोड्दै चौथो स्थानमा रहेको वालिङलाई अर्को चरणमा पुग्न बिहीबारको खेल जित्नै पर्ने दबाब छ। किनभने वालिङभन्दा पछि कोशी प्रदेश र बागमती युथ क्लब छ।
कोशीले उसको समीकरण बिगार्ने छैन। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा १२:३० बजे हुने खेलमा चन्द्रपुर नगरपालिकासँग बराबरीमा रोकियो भने वालिङको समीकरण अवश्य बिग्रिने छ। किनभने समान खेलबाट १० अंक जोडेको बागमती छैटौं स्थानमा छ।
उसले अन्तिम खेल एपिएफसँग खेल्न बाँकी छ। वालिङले जितेको खण्डमा १४ अंकसहित दोस्रो चरणमा स्थान बनाउने छ। हारेको खण्डमा भने बागमतीको नतिजा कुर्नुपर्नेको विकल्प हुनेछैन।
यस्तै, समान खेलबाट आठ अंक जोडेको चन्द्रपुर भने प्रतियोगिताबाट बाहिरिसकेको छ। यो खेलको नतिजाले उसलाई केही फरक पार्नेछैन। किनभने शीर्ष पाँचमा नअटाउने टोलीले अर्को वर्ष छनोट पार गरेर महिला लिग खेल्नुपर्ने हुन्छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)