सुपर लिगमा पुग्ने कोशीको सम्भावना बलियो, चन्द्रपुरलाई लाग्यो धक्का
सोमबार, ०७ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। सुरूआती अग्रता जोगाउन नसक्दा चन्द्रपुरले एन्फा महिला लिगको सुपर लिगमा पुग्ने सम्भावना कमजोर बनाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा कोशी प्रदेशसँग चन्द्रपुर १-१ गोलको बराबरीमा रोकिएको हो।
योसँगै कोशीले सुपर लिगमा पुग्ने सम्भावना बढाएको छ। उसले ८ खेलबाट १२ अंक बनाएको छ। उसले अन्तिम खेल सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ। चन्द्रपुरको भने समान खेलबाट ८ अंक छ। चन्द्रपुरले भने एपीएफसँग खेल्ने छ।
५१औं मिनेटमा सुनिता सुनारको गोलमा चन्द्रपुरले सुरूआती अग्रता लिएको थियो। तर, ८०औं मिनेटमा ममता राउतले गोल गर्दै कोशीलाई हारबाट बचाइन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)