घाइते भए रोड्री
सोमबार, ०७ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। म्यानचेस्टर सिटीका प्रभावशाली मिडफिल्डर रोड्री घाइते भएका छन्। इङ्लिस प्रिमियर लिग (इपिएल) अन्तर्गत आइतबार राति आर्सनलविरुद्धको खेलमा उनीलाई घाइते भएका हुन्।
इतिहाद स्टेडियममा २०औं मिनेटमा आर्सनलका थोमस पार्टेसँग डिबक्सभित्र जुध्न पुग्दा उनको दाहिने घुँडामा चोट लागेको हो। रोड्रीलाई मैदानमै उपचार गरिएको थियो। तर, लकर रुममा जाँदा उनी असहज देखिन्थे।
सिटीका केभिन डी ब्रुएना यसअघि नि घाइते छन्। डिफेन्डिङ च्याम्पियन सिटीले बुधबार इन्टर मिलानविरुद्ध च्याम्पियन्स लिगमा उनलाई बेन्चमा राखेको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)