फ्लप अनिल
आइतबार, ०६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। क्यानडा भ्रमणमा लगातार दोस्रोपल्ट प्लेइङ ११ मा परेका अनिलकुमार साह आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडाविरुद्धको खेलमा पुन: फ्लप भएका छन्।
ओमानविरुद्ध सातौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ९ बल खेलेर तीन रन जोडेका थिए। यसपल्ट उनलाई दुई स्थान माथि उक्लाल्दै पाँचौं स्थानमा ब्याटिङ गर्ने अवसर दिइएको थियो। तर, उक्त अवसरलाई पनि सदुपयोग गर्न सकेनन्।
चार बल खेल्दै एक रन बनाएका उनी प्रविन कुमारको बलमा हर्ष ठाकेरबाट क्याच आउट भए। योसँगै नेपालले ३६ रन बनाउँदा पाँच विकेट गुमाएको छ।









