कप्तान रोहित रन आउट
आइतबार, ०६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडाविरुद्धको दोस्रो खेलमा खराब ब्याटिङलाई निरन्तरता दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले चार विकेट गुमाइसकेको छ। ओपनर अर्जुन साउद १० र आरिफ शेख दुई रनमा पेभिलियन फर्किए। भीम सार्की पनि चार रनमा आउट भएका थिए।
पहिलो पावर प्लेमा नेपालले ३० रन बनाएको थियो। लगत्तै कप्तान रोहितकुमार पौडेल पनि रन आउट भए। ११ बलमा एक चौकासहित चार रन बनाएर खेलिरहेका उनी अखिल कुमार र श्रेयस मोभ्भाबाट रन आउट भएका हुन्।









