खराब ब्याटिङमा नेपालको निरन्तरता
आइतबार, ०६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा खराब ब्याटिङलाई निरन्तरता दिएको छ।
यसअघिका दुई खेल हारेको नेपालले अहिले क्यानडासँग खेलिरहेको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पहिलो पावर प्लेमा ३० रन बनाउन नै तीन विकेट खर्चिएको छ।
ओपनर अर्जुन साउद १० र आशिफ शेख दुई रनमा पेभिलियन फर्किए। भीम सार्की पनि चार रनमा आउट हुँदा नेपालले संकटमा परेको छ।









