क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल
आइतबार, ०६ आश्विन २०८१खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं। नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
क्यानडाको ओन्टेरियोमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
यसअघि घरेलु टोलीसँग नेपाल १०३ रनले पराजित भएको थियो।









