भारत एक खेलअगाबै सेमिफाइनलमा
आइतबार, ०६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। भारत एक खेलअगाबै साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।
भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा आइबार भएको खेलमा माल्दिभ्सले बंगलादेशलाई १–१ को बराबरीमा रोकेपछि भारतले अन्तिम चारमा स्थान बनाएको हो।
समूह ‘ए’ को पहिलो खेलमा भारतले बंगलादेशमाथि १–० को जित दर्ता गरेको थियो। भारतले बुधबार समूहचरणको अन्तिम खेलमा माल्दिभसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल बराबरीमा सकिए बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)