उपाधिनजिक चित्लाङ
आइतबार, ०६ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। भुईँ खेल क्लबलाई पराजित गर्दै चित्लाङ फुटबल क्लब काठमाडौं जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
सानोगौचरण मैदानमा आइतबार भएको सेमिफाइनलमा चित्लाङले भुईँ खेललाई पेनाल्टीमा ५-३ ले पराजित गरेको हो।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए। चित्लाङका लागि विकेश शाही र भुईँ खेलका लागि सन्तोष विकले गोल गरेका हुन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)