चेल्सी उक्लियाे दोस्रो स्थानमा
शनिबार, ०५ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। घरेलु टोली वेस्टह्याम युनाइटेडलाई हराउँदै चेल्सीले इङ्लिस प्रियिमर लिगको दोस्रो स्थानमा उक्लिएको छ।
लन्डन रंगशालामा शनिबार भएको खेलमा चेल्सीले वेस्टह्यामलाई ३–० ले पराजित गरेको हो।
जितसँगै चेल्सीले पाँच खेलमा १० अंक जोडेको छ। पराजित वेस्टह्याम सामान खेलबाट चार अंकका साथ १४औं स्थानमा छ।
चेल्सीलाई जित दिलाउन निकोल्स ज्याकसनले दुई गोल गरे। एक गोल भने कोल पाल्मरको नाममा रह्यो।
चौथो मिनेटमै ज्याकसनको गोलमार्फत चेल्सीले सुरुआती अग्रता लिएको थियो। उनले जोडन सान्चो क्रसमा गोल गरेका हुन्।
१८औं मिनेटमा ज्याक्सनले टोलीको अग्रता दोब्बर बनाए। दोस्रो हाफको सुरुआतमै गोल गर्दै पाल्मरले चेल्सीलाई ३–० को जित दिलाए। उनले ज्याकसनको पासमा गोल गरेका हुन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)