पथरी ११ र पाँचथर भिड्दै
शनिबार, ०५ आश्विन २०८१खेलपाटी संवाददाता

पथरी। मोरङको पथरीशनिश्चरेमा शनिबारबाट सुरु हुने प्रथम पथरीशनिश्चरे गोल्डकपको तयारी पूरा भएको छ। शनिबारको उद्घाटन खेलमा आयोजक पथरी ११ फुटबल क्लब र पाँचथर फुटबल क्लब भिड्नेछन्।
गोल्डकपमा ए डिभिजन क्लब संकटासहित ब्रिगेड व्वाइज क्लब, भारतको युकेएफसी, सिराहाको सहलेस युथ क्लब, धरान सिटी फुटबल क्लब, झापा ११ फुटबल क्लबसहित ८ टोलीको सहभागिता रहने छ । आइतबार धरान सिटी र झापा ११ एक आपसमा भिड्दा सोमबार संकटाले भारतको युकेएफसीसँग प्रतिस्पर्धा गर्ने छ । काठमाडौंको ब्रिगेड व्वाइज र सिराहाको सहलेस युथ क्लबबीच मंगलबार खेल हुनेछ ।
पथरी ११ फुटबल क्लबको आयोजनामा गोल्डकप पथरीशनिश्चरेस्थित पथरी रंगशालामा हुने प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्ने छ ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)