साफ यु–१७ : साबिक विजेता भारतकाे विजय सुरूआत
शुक्रबार, ०४ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। साबिक विजेता भारतले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरूआत गरेको छ। शुक्रबार भएको खेलमा भारतले बंगलादेशमाथि १–० को जित हासिल गरेको हो।
भारतको जितमा सुमित शर्माले गरेको गोल नै निर्णयक बन्यो। उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन्।
योसँगै भारतले तीन अंक जोडेको छ। नेपालले शनिबार पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)