विर्ट्जको दुई गोल, डेब्यु खेलमै लेभरकुजेन विजयी
शुक्रबार, ०४ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। फ्लोरियन विर्ट्जको दुई गोलसँगै च्याम्पियन्स लिगमा डेब्यु गरेको बायर लेभरकुजेनले विजयी सुरुआत गरेको छ। बिहीबार भएको खेलमा फेयेनुर्डलाई लेभरकुजेनले ४-० को सहज जित हासिल गरेको हो।
रोबर्ट एन्ड्रिचले पाँचौं मिनेटमा उपलब्ध गराइदिएको पासमा गोल गर्दै विर्ट्जले लेभरकुजेनलाई सुरुआती अग्रता दिलाएका थिए। ३०औं मिनेटमा एलेक्स ग्रिमाल्डोले अर्को गोल थपे। यसपल्ट जेरेमी फ्रिमपोङले गोलको अवसर मिलाइदिएका हुन्। त्यसको ६ मिनटपछि नै उनकै पासमा विर्ट्जले गोल गर्दै अग्रता ३-१ मा पुर्याए।
पहिलो हाफको अन्त्यतिर टिमोन वेलेनरेउथरले आत्मघाती गोल गरेपछि लेभरकुजेनले सहज जित हासिल गरेको हो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)