यमलले टार्न सकेनन् बार्सिलोनाको हार
शुक्रबार, ०४ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। युवा खेलाडी लमिन यमलको गोलले १० खेलाडीमा सीमित बार्सिलोनालाई च्याम्पियन्स लिगअन्तर्गत बिहीबार मोनाकोसँग पराजित हुनबाट रोक्न सकेन।
बिहीबार राति सम्पन्न खेलमा मोनाकोसँग बार्सिलोना २-१ ले पराजित भएको हो। १०औं मिनेटमै एरिक गार्सियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।
त्यसको ६ मिनेटपछि नै म्याग्नेस अक्लिउचेले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए। यद्यपि, २८औं मिनेटमा लमिन यमलले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए। तर, ७१औं मिनेटमा जर्ज इलेनिखेनाले गोल गर्दै मोनाकोलाई जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)