नेपाल एक स्थान झर्यो
बिहिबार, ०३ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं । फिफा वरियताको पुरुषतर्फ नेपाल एक स्थान तल झरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो ।
नेपाल वरियताको १ सय ७६ औं स्थानमा छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन ।
दक्षिण एसियाली वरियतामा भुटान दुई स्थान तल झर्दै १ सय ८४ औं स्थानमा, बंगलादेश दुई स्थान तल झर्दै १ सय ८६ औं स्थानमा, पाकिस्तान १ सय ९७ औं स्थान र श्रीलंका ५ स्थान सुधार गर्दै २ सयौं स्थानमा छ ।
नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ६३ औं र भारत १ सय २६ औं स्थानमा छ ।
विश्व वरियतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो, स्पेन तेस्रो, ईङ्ल्याण्ड चौथों र ब्राजिल पाँचौ स्थानमा छ ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)