तेस्रो तौथली सिभिल गोल्डकप असाेज चाैथाे साता
बिहिबार, ०३ आश्विन २०८१खेलपाटी संवाददाता

सिन्धुपाल्चोक। तेस्रो तौथली सिभिल गोल्डकप असाेज चाैथाे साता हुने भएकाे छ।
तौथली सिभिल क्लबको आयोजनमा बडा दशैं तथा शुभ–दिपावलीको उपलक्ष्यमा असोज २४ गतेबाट प्रतियोगिता सुरु हुन लागेकाे हाे। प्रतियोगिताकाे विजेता एक लाख ७० हजार पाउने छन् भने उपविजेताले ८५ हजार रूपैयाँमा चित्त बुझाउने छन्।
प्रतियोगितामा सहभागी हुन् टिम दर्ता शुल्क १५ हजार तोकिएको आयोजकले जनाएको छ। प्रतियोगिताका सबै खेलहरू सुन्दरताले भरिएको ऐतिहासिक स्थल त्रिपुरासुन्दरी गाउँपालिका– ५ जप्सिले खेल मैदान तौथलीमा सञ्चालन हुनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)