आर्सनलसँगको खेलअघि ब्रुएना घाइते
बिहिबार, ०३ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग खेल्नुअघि केभिन डी ब्रुएना घाइते भएका छन्। च्याम्पियन्स लिगअन्तर्गत इन्टर मिलानको खेलमा उनी घाइते भएका हुन्।
पहिलो हाफको अन्त्यतिर बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी असहज देखिन्थे । उपचारपछि उनी दोस्रो हाफमा फर्केनन्। उनको स्थानमा इल्के गुन्डोगनलाई मैदान प्रवेश गराइएको थियो। खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सिटीले आइतबार इतिहाद स्टेडियममा उपाधि प्रतिद्वन्द्वी आर्सनलको सामना गर्नेछ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले डि ब्रुएनाको चोटको मात्रा आफूलाई थाहा नभएको तर क्लबका चिकित्सकले दोस्रो हाफमा खेल जारी राख्न नसक्ने जानकारी दिएको बताए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)