एक वर्षपछि बार्सिलोनाको जर्सीमा फर्किँदै फाती
बिहिबार, ०३ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। बार्सिलोनाका फरवार्ड अन्सु फाती खुट्टाको चोटबाट मुक्त भएका छन्। उनी च्याम्पियन्स लिगमा मोनाकोमा हुने बार्सिलोनाको खेलका लागि उपलब्ध हुने क्लबले बुधबार जनाएको छ।
मोनाकोमा बिहीबार हुने खेलका लागि २१ वर्षीय फातीलाई टोलीमा समावेश गरिएको छ, जुन स्पेनिस क्लबसँग सिजनको पहिलो उपस्थिति हुन सक्छ।
गत सिजन उनी लोनमा इङ्लिस क्लब ब्राइटन पुगेका थिए। ब्राइटनबाट फर्किएको केही दिनपछि प्रशिक्षणका क्रममा उनको दाहिने खुट्टामा चोट लागेको थियो। फातीले सन् २०२३ देखि बार्सिलोनाका लागि खेलेका छैनन्।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले पहिलो सिजनमै डानी ओल्मो, गाभी, रोनाल्ड अराउजो र फ्रेन्की डी जोङलगायत अन्य घाइते खेलाडीमाथि भरोसा गर्न पाउने छैनन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)