रियलको सानदार जित
बुधबार, ०२ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। रियल मड्रिडले च्याम्पियनस लिगमा सनादार सुरुआत गरेको छ। सान्टियागो बेर्नाबेउ स्टेडियममा भएको खेलमा रियलले स्टुटगार्टमाथि ३–१ को जित हासिल गरेको हो।
रियलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। तर, दोस्रो हाफको केही सेकेन्डमै रोड्रिगोको क्रसमा केलियन एमबाप्पेले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए।
६८औं मिनेटमा स्टुटगार्ट डेनिज उन्डाभको गोलमार्फत खेलमा फर्कियो। ८३औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए। वैकल्पिक खेलाडी एन्ड्रिकले इन्जुरी समयमा गोल गर्दै रियललाई ३–१ को सजिलो जित दिलाए। जितसँगै रियल अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)