बार्न्सलीको पोस्टमा युुनाइटेडको ७ गोल

काठमाडौं। प्रशिक्षक एरिक टेन हागको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडका इङ्लिस लिग कपअन्तर्गत मंगलबार राति भएको खेलमा तेस्रो डिभिजनको बार्न्सलीलाई ७–० ले पराजित गरेका छन्।
दुई वर्षभन्दा बढी समयदेखि जिम्मेवारी सम्हालिरहेका डचम्यानको नेतृत्वमा युनाइटेडको यो सबैभन्दा ठूलो जित हो। ओल्ड ट्राफोर्डमा भएको तेस्रो चरणको खेलमा मार्कस राशफोर्ड, एलेजान्ड्रो गार्नाचो र क्रिश्चियन एरिक्सनले दुई–दुई गोल गरे।
‘मेरो लागि होइन तर टोलीको लागि यो उत्तम रात हो। हामीले जे गर्ने योजना बनाएका थियौं, त्यो गर्न सक्यौं। हामीले जित्यौं, त्यसैले हामी खुसी छौं,’ टेन हागले भने। सन् २०२१ मा पूर्वप्रशिक्षक ओले गनर सोल्सजायरको प्रशिक्षणमा साउथह्याम्पटनलाई ९–० ले हराएपछिको यो सबैभन्दा ठूलो जित हो।
टेन हागको नेतृत्वमा भने युनाइटेडले रियल बेटिस र चेल्सीविरुद्ध ४–१ को ठूलो जित हात पारेको थियो। १६औं मिनेटमा रशफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए। ३५औं मिनेटमा एन्टोनीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे। पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गार्नाचोले गोल गर्दै घरेलु टोलीलाई अग्रता अझ फरक बनाए।
४९औं मिनेटमा गार्नाचोले व्यक्ति दोस्रो र युनाइटेडका लागि चौथो गोल गरे। ५८औं मिनेटमा रशफोर्डले गोल गर्दा युनाइटेड ५–० मा पुगिसकेको थियो।
सन् २०२३ को फेब्रुअरीपछि रशफोर्डले पहिलो पटक एक खेलमा एकभन्दा बढी गोल गरेका हुन्। एरिक्सनले ८१औं र ८५औं मिनेटमा दोहोरो गोल गर्दै टोलीलाई सहज जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)