शीर्ष स्थानको एपिएफको विजयी यात्रा कायमै
मंगलबार, ०१ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। शीर्ष स्थानको विभागीय टोली एपिएफ क्लबले एन्फा महिल लिगमा विजयी यात्रा कायमै राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपिएफले संकटा फुटबल क्लबलाई ३-० ले हराएको हो।
जितसँगै एपिएफले ६ खेलबाट १६ अंक जोडेको छ। समान खेलबाट पाँच अंक जोडेको संकटा सातौं स्थानमा छ। एपिएफको पाँचौं जितमा सरु लिम्बू, अनिता केसी र साविता रानामगरले गोल गरिन्।
सरुको गोलमा एपिएफले पहिलो हाफमै अग्रता लिएको थियो। उनले १३औं मिनेटमा गोल गरेकी हुन्। अनिले ५० र सविताले ६४औं मिनेटमा गोल गर्दै एपिएफलाई तीन अंक दिलाइन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)