२०२८ सम्म बार्सिलोनामै रहने बोनमती
मंगलबार, ०१ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। बार्सिलोनाले बालोन डी’ओर अवार्ड विजेता आइताना बोनमतीसँगको सम्झौता सन् २०२८ सम्मका लागि थप गरेको छ।
२६ वर्षीय प्लेमेकरले ३० जुन २०२८ सम्मका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेको क्लबले जनाएको छ।
बोनमतीले बार्सिलोनाका लागि २७५ खेल खेल्दै ९६ गोल गरेकी छन्। उनी क्लबको सर्वकालिक शीर्ष गोलकर्ता हुन्। च्याम्पियन्स लिगमा पनि २२ गर्दै उनले एलेक्सिया पुटेलससँग कीर्तिमानी बराबरी गरेकी छन्।
उनले च्याम्पियन्स लिगमा गरेको एक गोल गत सिजनको फाइनलमा भएको थियो, जहाँ बार्सिलोनाले लियोनलाई पराजित गर्दै तेस्रो पटक उपाधि जितेको थियो। स्पेनका अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका बोनमातीले बार्सिलोनाका लागि २३ वटा ट्रफी जितेका छन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)