संकटाले तोड्यो जितको खडेरी
बुधबार, २६ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। संकटा फुटबल क्लबले महिला लिगमा पहिलो जित दर्ता गरेको छ। यसका लागि संकटाले बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कर्णाली प्रदेशलाई २-० ले पराजित गरेको हो।
चौथो खेलमा पुगेर जितको खडेरी तोडेको संकटाले योसँगै चार अंक जोडेको छ। संकटा अंकतालिकाको छैटौं स्थानमा पनि उक्लिएको छ। कर्णाली भने नवौं स्थानमा यथावत् छ।
संकटाको जितमा दुवै गोल विदेशी खेलाडीले गरेका हुन्। पहिलो हाफको इन्जुरी समयमा सेलिना अनिमाले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफ सुरु भएको १० मिनेटपछि नै तेमिलोपे जेनिफरले अर्को गोल गर्दै तीन अंक दिलाइन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)