कोलम्बियासँग हारेपछि मार्टिनेजले हाने क्यामेराम्यानलाई झापड

काठमाडौं। कोलम्बियाले विश्वकप छनोटमा २–१ ले हराएपछि अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले एक टिभी क्यामेराम्यानलाई झापड प्रहार गरेका छन्।
क्यामेराम्यान जोनी ज्याक्सनले कोलम्बियाली सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार बुधबार ब्यारेन्क्विलामा भएको खेल सकिएसँगै उनी मार्टिनेज भएको स्थानमा भिडियो फुटेज लिन पुगेका थिए। सो बेला उनी कोलम्बियाली खेलाडीसँग हात मिलाइरहेका थिए। उनले खिचेको फुटेजमा अर्जेन्टिनाका डिबु भनेर चिनिने विश्वकप विजेताले क्यामेरामा हिर्काएको देखिन्छ, जुन प्रभावपछि तुरुन्तै हल्लिन्छ।
ज्याक्सनले बुधबार आरसीएन डिपोर्टेसलाई भने,‘उनले मलाई झापड हानेका थिए। मलाई साह्रै रिस उठ्यो। उनी जस्तै म पनि काम गरिरहेकी थिएँ। उनी खेलिरहेका थिए र म आफ्नो क्यामेराले सुट गरिरहेको थिएँ।’
ज्याक्सन एक कम्पनीका लागि काम गर्छन् जसले च्यानलकाराकोल टेलिभिसिओन र आरसीएन डेपोर्टेसमा फुटेज वितरण गर्दछ।
Emiliano Martinez was not a happy lad last night. 😠 pic.twitter.com/fx84wMXnpW
— Football Tweet ⚽ (@Football__Tweet) September 11, 2024






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)