जहरसिं पौवामा नकआउट फुटबल असोजमा हुने
बुधबार, २६ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। दोस्रो जरसिं पौवा नकआउट फुटबल प्रतियोगिता असोज १२ देखि २३ गतेसम्म हुने भएको छ। करिब ३० लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा ३२ टोलीले प्रतिस्पर्धा गर्ने बताइएको छ।
आयोजक जहरसिं पौवा युवा क्लबका रमेश दंगालकाअनुसार प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ पाउनेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ मा चित्त बुझाउनेछ। त्यस्तै, तेस्रो हुने टोलीको भागमा ५५ हजार ५ सय ५५ रुपैयाँ हुनेछ। पुरस्कार राशिमा यसपालि बृद्धि गरिएको हो।
प्रतियोगिताका शंखरापुर नगरपालिका ३ स्थित जहरसिं पौवा खेल मैदानमा सञ्चालन हुने छ। गत वर्ष सञ्चालित पहिलो संस्करणमा बोजिनी युवा क्लब च्याम्पियन भएको थियो, जसमा २८ टोलीले प्रतिस्पर्धा गरेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)