पाराग्वेसँग हार्यो ब्राजिल
बुधबार, २६ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वेले ब्राजिललाई पराजित गरेको छ।
बुधबार बिहान भएको खेलमा पाँचपल्टको विश्व विजेता ब्राजिललाई पाराग्वले १-० ले पराजित गरेको हो। पाराग्वेका लागि २०औं मिनेटमा डिएगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो।
ब्राजिल पछिल्लो चार खेलमा एक जित मात्रै हालिग गर्न सफल भएको छ। यसअघि ब्राजिलले यही नतिजामा इक्वेडरलाई पराजित गर्दै लय समात्ने प्रयास गरेको थियो। तर, यो हारसँगै ब्राजिल पुन: खराब लयको शिकार हुन पुगेको छ।
८ खेलबाट १० अंक जोडेको ब्राजिल तालिकामा पाँचौं स्थानमा छ। पाराग्वे भने समान खेलबाट ९ अंक जोड्दै सातौं स्थानमा छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)