इङ्ल्यान्डको लगातार जितमा केनको दुई गोल

काठमाडौं। कप्तान ह्यारी केनको दुई गोलसँगै इङ्ल्यान्डले मंगलबार युइएफए नेसन्स लिगमा फिनल्यान्डलाई २–० ले पराजित गरेको छ।
वेम्बली स्टेडियममा बायर्न म्युनिखका स्टारले ५७औं र ७६औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका हुन्।
युरो कप २०२४ को फाइनलमा स्पेनसँग पराजित भएपछि ग्यारेथ साउथगेटले राजीनामा दिएका थिए। त्यसयता, इङ्ल्यान्ड अन्तरिम प्रशिक्षक ली कार्स्लेको काँधमा छ। यो उनको लगातार दोस्रो जित हो। अंक तालिकामा दोस्रो स्थानमा रहेको इङ्ल्यान्डले यसअघि आयरल्यान्डलाई यही नतिजाले पराजित गरेको थियो।
यदि साउथगेटको स्थायी उत्तराधिकारीको खोजी अक्टोबरमा अर्को अन्तर्राष्ट्रिय ब्रेकभन्दा बढी लम्बियो भने कार्स्ले अझै केही समय इङ्ल्यान्डको प्रशिक्षकमा रहन सक्छन्।
नेसन्स लिगको दोस्रो चरणमा खेलिरहेको इङ्ल्यान्डले समूहको शीर्ष स्थानमा रहेको ग्रीससँग ६ अंकको बराबरी गरेको छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)