श्रीलंका एसियन कप छनोटको तेस्रो चरणमा
मंगलबार, २५ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भित्र्याएको श्रीलंका एसियन कप २०२७ छनोटको तेस्रो चरणमा स्थान बनाउन सफल भएको छ।
नोमपेनमा मंगलबार भएको खेलमा घरेलु टोली कम्बोडियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रो चरणमा पुगेको हो। त्यसअघि श्रीलंकाले निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी खेलेको थियो।
थप गरिएको ३० मिनेटमा दुवै टोलीबाट समान एक गोल भएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको हो। ५ सेप्टेम्बरमा कोलम्बोमा भएको खेलमा कम्बोडिया गोलरहित बराबरीमा रोकिएको थियो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)