चम्किएका रुइज

काठमाडौं। फाबियन रुइज चम्किएपछि १० खेलाडीमा समेटिएको स्पेनले आइतबार जेनेभामा स्विट्जरल्यान्डलाई ४–१ ले पराजित गर्दै नेसन्स लिगमा पहिलो जित हात पारेको छ।
युरो कप २०२४ को विजेता स्पेनले समूहचरणको पहिलो खेलमा सर्बियासँग गोलरहित बराबरी खेलेको थियो। तर, स्टेड डी जेनेभमा जोसलु र रुइजले १३ मिनेटभित्रै २–० को अग्रता दिलाएपछि स्पेनले राम्रो सुरुआत गर्यो।
चौथो मिनेटमा लामिन यामालको क्रसमा जोसेलुले हेडरमार्फत गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए। स्विट्जरल्यान्डका गोलकिपर ग्रेगर कोबेलले जोसेलुको प्रहार बचाएका थिए। तर, उनी गोल लाइनभन्दा भित्र पुगेको भन्दै त्यसलाई गोलको मान्यता दिइएको थियो।
त्यसको नौ मिनेटपछि नै निको विलियम्सको प्रहार कोबेललेले बचाएपनि रिबाउन्डमा आएको बललाई रुइजले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए। २०औं मिनेटमा स्पेनका डिफेन्डर रोबिन लो नोर्मान्डले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। त्यसैको फाइदा उठाउँदै स्विट्जरल्यान्डका जेकी अमडोनीले ४१औं मिनेटमा गोल गरेका थिए।
तर, स्विट्जरल्यान्डका खेलाडीले खेल २–१ मा ल्याएपनि खेल सकिन १३ मिनेट बाँकी रहँदा स्पेनले अग्रता पुन: बढायो। रुइजले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल। त्यसको तीन मिनेटपछि वैकल्पिक खेलाडी फेरान टोरेसले अर्को गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए।
स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले भने, ‘१० जना खेलाडीको साथमा खेललाई कुशल तरिकाले अगाडि बढाउन सफल भएका छौं। मलाई यो टोलीप्रति धेरै गर्व छ। हरेक दिन हामी सुधार गर्न गरिरहेका छौं।’






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)