आयरल्यान्डमाथि इङ्ल्यान्डको सहज जित
आइतबार, २३ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। इङ्ल्यान्डले नेसन्स लिगमा शनिबार आयरल्यान्डलाई २–० ले पराजित गरेको छ। युरो कप २०२४ मा फाइनलमा स्पेनसँग पराजित भएपछि प्रशिक्षक गेराथ साउथगेटले टोली छाडेका थिए। त्यसयता इङ्ल्यान्डले खेलेको यो नै पहिलो खेल हो।
ली कार्ल्सलीले निमित्त प्रशिक्षकको भूमिका रहेको टोलीलाई जित दिलाउन डेक्लेन राइस र ज्याक ग्रेलिसले समान एक गोल गरे।
राइसले ११औं मिनेटमै इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए। २६औं मिनेटमा उनैको पासमा ग्रेलिसले गोल गर्दै इङ्ल्यान्डलाई सहज जित दिलाए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)