एपिएफको पहिलो जित
शनिबार, २२ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली एपिएफले महिला लिगमा पहिलो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा एपिएफले आर्मीलाई २-१ ले हराएको हो। जितसँगै एपिएफले तीन अंक जोडेको छ।
पहिलो हाफको इन्जुरी समयमा सावित्रा रानामगरले एपिएफलाई सुरुआती अग्रता दिलाइन्। जारी प्रतियोगितामा एपिएफको यो पहिलो गोल हो। यसअघि एपिएफ पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो। ५६औं मिनेटमा आर्मी खेलमा फर्कियो।
विमला चौधरीले डीबक्स बाहिरबाट गरेको प्रहारले सीधै जाली चुम्यो। ६७औं मिनेटमा आर्मीकी गोलकिपर अञ्जना रानामगरले अनावश्यक रूपमा अनिता केसीलाई पेनाल्टी बक्सभित्र लडाउँदा मुख्य रेफ्री प्रतीक घिमिरेले एपिएफलाई पेनाल्टी दिएका थिए। जसलाई गीता रानामगरले गोलमा परिणत गरे।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)