सबैभन्दा कमजोर टोली सान मारिनोको प्रतिस्पर्धात्मक खेलमा पहिलो जित
शुक्रबार, २१ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा कमजोर टोली सान मारिनोले अन्ततः प्रतिस्पर्धात्मक खेलमा जित हासिल गरेको छ।
युइएफए नेसन्स लिगअन्तर्गत बिहीबार राति भएको खेलमा सान मारिनोले लिचेन्स्टाइनलाई १–० गोलअन्तरले पराजित गरेको हो।
खेलको ५३ औं मिनेटमा निको सेनसोलीले गोल गर्दै टोलीलाई प्रतिस्पर्धात्मक खेलमा पहिलो जित दिलाएका हुन्। सन् २००४ मा पनि सान मारिनोले लिचेन्स्टाइनमाथि यही नतिजा हात पारेको थियो। उक्त खेल मैत्रीपूर्ण रहेको थियो।
सान मारिनो फिफाको विश्व वरियतामा २१०औं स्थानमा छन्। लिचेन्स्टाइन १९९औं स्थानमा छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)