ज्याकलिनकाे ह्याट्रिकमा वालिङलाई पहिलो जित
बिहिबार, २० भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। वालिङ नगरपालिकाले एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएकाे दिनको दोस्रो खेलमा स्याङ्जाको वालिङले कर्णाली प्रदेशलाई ४–० गोलले पराजित गरेको हाे।
जितसँगै वालिङले दुई खेलबाट तीन अंक जोडेको छ। पराजित कर्णालीको भने यो पहिलाे हार हो। वालिङको जितमा ज्याकलिन नसालीले ह्याट्रिक पूरा गर्दा सुक्रिया मियाको नाममा एक गोल रह्यो।
खेलको १०औं र ४१औं मिनेटमा नसालीले गोल गर्दै वालिङलाई पहिलो हाफमै २–० अग्रता दिलाएकी थिइन्। ७३औं मिनेटमा पुन नसालीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा वालिङलाई ३–० को अग्रता दिलाइन्।
त्यसपछि ८९औं मिनेटमा मियाले गोल गर्दै वालिङलाई ४–० जित दिलाइन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)