आत्मघाती गोलमा कोशीको जित

काठमाडौं। दिव्या यसमाली मगरको आत्मघाती गोलसँगै कोशी प्रदेशले एन्फा महिला लिगमा दोस्रो जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कोशीले बागमती युथ क्लबलाई २-१ ले पराजित गरेको हो।
योसँगै कोशीले दुई खेलबाट ६ अंक जोडेको छ। समान खेल खेलेको बागमतीको भने तीन अंक छ। कोशीकी समीक्षा मगरले एक गोल गरिन्। यस्तै, बागमतीकी विष्णुमाया बलले एक गोल गर्दा दिव्याले आत्मघाती गोल गर्न पुगिन्।
२६औं मिनेटमै विष्णुको गोलमार्फत बागमतीले सुरुआती अग्रता लिएको थियो। तर, त्यसको तीन मिनेटपछि नै समीक्षाले कोशीलाई खेलमा फर्काइन्। यो जारी लिगमा उनको यो तेस्रो गोल हो। यसअघि कोशीले वालिङ नगरपालिकालाई ४-० ले पराजित गर्दा उनले दुई गोल गरेकी थिइन्।
पहिलो हाफ १- १ को बराबरीमा सकिएपनि दोस्रो हाफमा बागमतीलाई आफ्नै डिफेन्डरको साथ मिलेन। प्रतीक्षा राईले लामो प्रहार गरेको बललाई बचाउने क्रममा दिव्यालाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)