रोमा पुगे हुमेल्स
बिहिबार, २० भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। बायर्न म्युनिख र बोरुसिया डर्टमुन्डका पूर्वडिफेन्डर म्याट्स हुमेल्स रोमामा अनुबन्ध भएका छन्।
जुलाईमा डर्टमन्डसँगको सम्झौता समाप्त भएपछि जर्मनीका अन्तर्राष्ट्रिय खेलाडी क्लबविहीन थिए। इटालियन मिडियाका अनुसार ३५ वर्षीय हुमेल्सले २५ लाख युरो (२८ लाख अमेरिकी डलर) मा एक सिजनको सम्झौता गरेका हुन्।
सन् २०१४ को विश्वकप विजेता हुमेल्सले डर्टमन्डमा दुई लिग उपाधि र दुई जर्मन कप जितेका थिए। उनले रोमाका लागि १५ नम्बरको जर्सी लगाउनेछन् र क्लबका लागि खेल्ने सातौं जर्मन खेलाडी हुनेछन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)