नेपालले बिच कबड्डी वर्ल्डकपमा भाग लिने
सोमबार, १७ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली कबड्डी टोलीले इरानमा हुने अन्तर्राष्ट्रिय सिनियर बिच वर्ल्डकप प्रतियोगितामा भाग लिने भएको छ।
अखिल नेपाल कबड्डी संघका महासचिव अरबिन्द झाका अनुसार सेप्टेम्बर २५ देखि ३० सम्म हुने प्रतियोगितामा सहभागी हुने टोलीको अझै टुंगो लागिसकेको छैन। तर, नेपालले भने प्रतियोगितामा सहभागिता जनाउन खेलाडी छनोटको तयारी थालेको छ।
‘एक वर्षभित्र भएका लिग प्रतियोगिता, लुम्बिनी भएको प्रतियोगिता विभिन्न जिल्लामा भएको प्रदेश प्रतियोगितालगायत खेलेकाबाट हामीले खेलाडी छनोट गर्न लागेका हौं। खुला छनोट भने हुँदैन,’ उनले भने। यो खेल अलि फरक खालको प्रतियोगिता भएकोले विभिन्न तरिकाबाट मापदण्ड तयारी गरि खेलाडी छनोट गर्ने उनले जानकारी दिए।










