अग्रता जोगाउन नसकेको चेल्सी
आइतबार, १६ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। चेल्सी इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ। सुरुआती अग्रता जोगाउन नसक्दा क्रिस्टल प्यालेससँग चेल्सीले १–१ को बराबरी खेलको हो।
यो नतिजासँगै चेल्सीले तीन खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको क्रिस्टल प्यालेस पहिलो अंक जोड्न सफल भएको छ।
कोल पाल्मरले उपलब्ध गराइदिएको बलमा गोल गर्दै निकोलस ज्याक्सनले २५औं मिनेटमै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता पहिलो हाफसम्म सीमित रह्यो। ५३औं मिनेटमा एबेरेची एजेले क्रिस्टल प्यालेसलाई खेलमा फर्काए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)