रेखाको निर्णायक गोल, अबुधाबी च्याम्पियन्स लिगमा छनोट
आइतबार, १६ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपालकी फरवार्ड रेखा पौडेलको निर्णायक गोलसँगै अबुधाबी काउन्ट्री क्लब एएफसी महिला च्याम्पियन्स लिगमा छनोट भएको छ।
आइतबार भएको प्रारम्भिकचरणको अन्तिम खेलमा अबुधाबीले साउदी अरबको अल नासरमाथि १–० को जित हासिल गरेको हो।
प्रारम्भिक चरणमा समूह ‘ए’ मा रहेको अबुधाबीले शतप्रतिशत जित हासिल गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको छ। अबुधाबीले लाओसको योङ एलिफेन्ट्सलाई २–१ र म्यानमारको म्यावाडी एफसीलाई १–० ले पराजित गरेको थियो।
जितसँगै अबुधाबीले ९ अंक जोड्यो। अल नासार भने ६ अंकसहित दोस्रो स्थानमा रहेर प्रारम्भिक छनोटबाटै बाहिरिएको छ।
रेखाले बेन्चबाट सुरुआत गरेकी थिइन्। यद्यपि, जित्नै पर्ने खेलको ६८औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो। यो उनको दोस्रो खेल हो। उनले यसअघि योङ एलिफेन्ट्सविरुद्धको डेब्यु खेलमा पनि गोल गरेकी थिइन्।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)