एटकिन्सनले पनि बनाए पहिलो शतक
शनिबार, १५ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। इङ्ल्यान्डका तीव्र गतिका बलर गस एटकिन्सनले लर्डसमा आफ्नो पहिलो टेस्ट शतक प्रहार गरेका छन्। एटकिन्सनले श्रीलंकाविरुद्धको दोस्रो टेस्टको दोस्रो दिन एक सुन्दर अफ-ड्राइभको साथ शतक पूरा गरेका हुन्।
पहिलो दिनको स्टम्पसम्म उनी ७४ रनमा अविजित रहँदा इङ्ल्यान्डले ७ विकेट गुमाएर ३५८ रन मात्र बनाउन सक्यो। दोस्रो दिन एटकिन्सन लर्ड्समा शतक बनाउने र १० विकेट लिने छैटौं खेलाडी बनेका छन्।
एटकिन्सन क्रिजमा आउँदा इङ्ल्यान्डको स्कोर २१६/६ थियो। उनले म्याथ्यु पोट्ससँग ८५ रनको साझेदारी गरे। त्यसपछि रुटसँग ९२ रनको महत्वपूर्ण साझेदारी गरे। गत जुलाईमा वेस्ट इन्डिजविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका एटकिन्सनले १४.६६ को औसतमा ४४ रन बनाएका थिए।









