साउदी अरब जाँदै टोनी
शनिबार, १५ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। इभान टोनी साउदी अरब जाँदैछन्। साउदी क्लबले ब्रेन्टफोर्डलाई पाँच करोड २० लाख अमेरिकी डलर ट्रान्सफर शुल्क तिर्न सहमति जनाएपछि स्ट्राइकर अल अहलीमा सामेल हुन लागेका हुन्।
प्रिमियर लिगको ट्रान्सफर विन्डो बन्द भएपछि ब्रेन्टफोर्डले टोनीलाई अहलफ पठाउने घोषणा गरेको हो। २८ वर्षीय टोनीले ब्रेन्टफोर्डका लागि एक सय ४१ खेलमा ७२ गोल गरेका छन् ।
'पछिल्लो चार वर्षमा इभानसँग काम गर्न पाउँदा खुसी लागेको छ,' मुख्य प्रशिक्षक थोमस फ्रान्कले भने, 'म खुसी छु कि उनले आफ्नो जीवन र क्यारियरमा केही नयाँ प्रयास गर्ने मौका पाएका छन्।'






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)