क्यानको छनोट समिति संयोजकमा लेखबहादुर
बिहिबार, १३ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिको संयोजकमा लेखबहादुर क्षेत्री नियुक्त भएका छन्।
क्यानको बोर्ड बैठकले राष्ट्रिय टोलीका पूर्वकप्तान क्षेत्रीलाई छनोट समितिको संयोजक नियुक्त गर्ने निर्णय गरेको क्यानले विज्ञप्ति मार्फत जनाएको छ।
यसअघि नेपाली राष्ट्रिय टोलीका र्व खेलाडी दीपेन्द्र चौधरी छनोट समितिका संयोजक थिए। उनको कार्यकाल सकिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले संयोजक आह्वान गरेको थियो।
प्राप्त आवेदनहरु मध्येबाट क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहने गरी ३ सदस्यीय राष्ट्रिय छनोट समिती गठन गर्ने निर्णय गरिएको क्यानले जनाएको छ।









