बर्नमाउथ पुगे केपा
बिहिबार, १३ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका गोलकिपर केपा अरिजाबालागा लोनमा प्रतिद्वन्द्वी बर्नमाउथमा अनुबन्ध भएका छन्।
उनी ६ वर्षअघि ९ करोड २० लाख डलरमा चेल्सीमा अनुबन्धित भएका थिए। त्यतिखेर उनी विश्वका सबैभन्दा महँगा गोलकिपर थिए। उनी एक सिजनका लागि लोनमा बर्नमाउथ गएका हुन्।
यसअघि २९ वर्षीय स्पेनी खेलाडीले चेल्सीसँग एक वर्षका लागि सम्झौता गरेका थिए। उनी गत सिजन लोनमा रियल मड्रिडमा पुगेका थिए। यसअघि चेल्सीमा आफ्नो पहिलो पाँच सिजनमा १६३ खेल खेलेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)