पारसले गुजरातबाट लिजेन्ड्स लिग खेल्ने
बिहिबार, १३ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले गुजरातबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्। उनी नेपाल क्रिकेट संघ (क्यान) का सचिवसमेत हुन्।
अक्सनमार्फत उनलाई गुजरातले १२ लाख ५ हजार भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको हो। तेस्रो संस्करणको लिजेन्ड्स लिग २० सेप्टेम्बरबाट सुरु हुँदैछ। उनले वेस्ट इन्डिजका ब्याटर क्रिस गेलसँग खेल्नेछन्।
लिगमा ६ टोलीले सहभागीता जनाउँदै छन्। पारस कतारमा भएको लिगको पहिलो संस्करणमा एसियन लायन्समा आबद्ध थिए।









