महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
बुधबार, १२ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।
मलेसियाको लिकस रंगशालामा बुधबार भएको खेलमा घरेलु टोली सबाह एफसीसँग गोलरहित बराबरीमा रोकिएपछि एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो।
समूह ‘सी’ को एपिएफले पहिलो खेलमा उज्वेकिस्तानको पिएफसी नासफसँग १-० ले पराजित भएको थियो। त्यसैले दोस्रो खेलमा जित्नै पर्ने दबाब थियो। तर, एपिएफले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेन।
बराबरीसँगै एपिएफ दुई खेलमा एक अंक लिएर स्वदेश फर्किनेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)