ब्राइटनमा ओ’रिले
मंगलबार, ११ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। ब्राइटनले डेनमार्कका मिडफिल्डर म्याट ओ’रिलेलाई सोमबार सेल्टिकबाट अनुबन्ध गरेको छ।
२३ वर्षीय ओ’रिलेले सन् २०२८–२९ को सिजनसम्मका लागि पाँच वर्षका लागि सम्झौता गरेको ब्राइटनले जनाएको छ। यसको मूल्य कम्तीमा दुई करोड ५० लाख पाउन्ड (तीन करोड ३० लाख अमेरिकी डलर) रहेको बताइएको छ।
ब्राइटनका प्रशिक्षक फाबियन हर्जेलरले भने,‘उनी प्रतिद्वन्द्वीको पेनाल्टी एरियामा आक्रमण गर्न रुचाउँछन्, तर उनीसँग राम्रो रक्षात्मक प्रवृत्ति पनि छ। त्यो सन्तुलनले उसलाई विशेष बनाउँछ।’
ओ’रिलेले सेल्टिकलाई पछिल्लो तीन सिजनमा स्कटिश लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। लन्डनमा जन्मेका खेलाडीले आफ्नो आमाको मूल देश डेनमार्कका लागि खेल्ने छनोट गर्नुअघि युवास्तरमा इङ्ल्यान्डका लागि खेलेका थिए।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)